नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुुशासन पार्टीका संयोजक रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयरमा चुनावमा उमेदवारी दिने बताएका छन् । पार्टीले निर्णय गरे आफू मैदानमा उत्रिन तयार रहेको उनले बताए । खरेलले आफूलाई पनि मेयर पदमा उमेदवारी दिने इच्छा रहेको बताएका छन् ।
खरेल पछिल्लो समय देशका विभिन्न क्षेत्र पुगिरहेका छन् । आफूलाई भष्ट्राचार विरोधी अभियान्ताका रुपमा चिनाउन रुचाउने खरेलले पछिल्लो समय पार्टी निर्माण गरेका थिए । आफूलाई प्रहरीको आईजीपी नबनाइएपछि उनले डीआईजी पदबाट राजीनामा दिएका थिए ।
खरेलले सबै पक्षको प्रतिक्रिया लिइरहेको बताएका छन् । कोर क्षेत्रका जनताको चाहना पनि बुझ्ने कोसिस गरिरहेको खरेलले बताएका छन् । राम्रो प्रतिक्रिया आएको खण्डमा र पार्टीले पनि निर्णय गरेमा म उमेदवारी दिने खरेलले बताएका छन् ।
हालसम्म काठमाडौं महानगरको मेयरमा कुनै पनि पार्टीले औपचारिक रुपमा उमेदवार घोषणा गरेका छैनन् । हालका मेयर विद्यासुन्दर शाक्यले भने पुनः मेयरमा दोहोरिने इच्छा देखाएका छन् । यसै बिचमा खरेलको काठमाडौँको मेयर बन्ने इच्छा प्रकट गरेको बुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।