नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाँउ गाँउमा सिंहदरवार स्थापना हुनु नै १० वर्षे जनयुद्धको मूल उपलब्धि रहेको बताएका छन्।
आइतबार महोत्तरीको गौशाला नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अधिकारले भरिपूर्ण जनमुखी सुशासन स्थापना गर्नु नै जनयुद्धको मूल मर्मअनुरुप अहिले गाँउ गाँउमा सिंहदवार स्थापना भएको बताए।
अहिले स्थानीय तहका सरकारले आफ्नै मेहनतले बनाएको भवनले संघीयतालाई सफलतातर्फ उन्मुख गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘यस्ता संरचना निर्माणका लागि न त प्रदेश सरकारले सहयोग गरेका छन्, न त संघीय सरकारले नै। स्थानीयस्तरमा उठेको राजश्वबाट यस्ता संरचना देशमा अनेकौ निर्माण भएका छन्। जुन संघीयताले सफलता हासिल गरेको सावित गरेका छन्।’
एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन चुनावसम्म कायम रहने बताए। अबको चुनाव योद्धाको सपना सकार पार्ने अभियानको रुपमा रहेकोले माओवादी पार्टीले यसलाई समान्य चुनावको रुपमा नलिने प्रचण्डले तर्क राखेका छन्। देशमा स्थानीय तहको सरकारलाई पूर्ण अधिकार दिएमात्र जनताको काम चुस्त र दुरुस्तरुपमा अगाडि बढने तर्क उनको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।