सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

चितवन कांग्रेसले गर्यो यस्तो बोल्ड निर्णय, खुमलटारलाई पर्यो आपत !


  • आइतबार, चैत्र २० २०७८
12.5K
SHARES

नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने भन्दै बोल्ड निर्णय गरेको छ ।
आइतबार कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जनाए ।

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आसन्न स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।

सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सभापतिसहितको बैठकले दिएको सुझावका आधारमा जिल्ला समितिले मेयर पद नछाड्ने निर्णय गरेको खनालको दावी छ ।

पार्टीका सबै तहका नेता कार्यकर्ताले सुझाव दिएकाले सो भावनाको सम्मान र प्रतिनिधित्व पार्टी नेतृत्वले गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको ठूलो दल कांग्रेस भएकाले ठूलो पालिका भरतपुर महानगरपालिकाको मेयर पनि कांग्रेसले पाउनुपर्ने माग जायज रहेको सभापति खनालले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा