शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एउटै घरमा बस्ने बालिकालाई तीन युवक मिलेर….


  • आइतबार, चैत्र २० २०७८
10.9K
SHARES

धनुषाको जनकपुरबाट बालिका अपहरण गरी १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले उक्त घटनामा संलग्न धानुषाधाम नगरपालिका ३ सिजियाहीका २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम उपमहानगरपालिका १ का २१ वर्षकै रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर उपमहानगरपालिका १६ पुल्चोक डेरा गरी बस्ने वर्ष २० का अभिषेकचन्द्र दासलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई धनुषा जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको हो। उनीहरूले धनुषाकै कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरेको आरोप छ। तर बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई प्रहरीले २४ घण्टाभित्रै शुक्रबार साँझ सकुशल उद्धार गरेको थियो।

विदेह नगरपालिका ८ बफैयबाट उद्धार गरी बालिकालाई प्रहरीले परिवाजनको जिम्मा लगाएको थियो। अपहरित ४ वर्षीया छोरीलाई उद्धार गरी प्रहरीले जिम्मा लगाएपछि धुव्रकुमार मण्डल। अपहरित ४ वर्षीया छोरीलाई उद्धार गरी प्रहरीले जिम्मा लगाएपछि धुव्रकुमार मण्डल।

सोही दिन प्रहरीले अपहरणमा संलग्न आरोपमा अभिषेक दाससहित ७ जनालाई पक्राउ गरेको थियो। तर प्रारम्भिक अनुसन्धानका क्रममा ७ मध्ये ४ जना घटनामा संलग्न नदेखिएको भन्दै प्रहरीले छाडेको हो।

बाँकी ३ जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए।

अपहरणपश्चात् उनीहरूले बालिकाको परिवारसँग १५ लाख रुपैयाँ फिरौती दिन अन्यथा बालिकालाई मारेर फालिदिने चेतावनी दिएका दिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अपहरण गरेको भोलिपल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरूले भनेका थिए, ‘हामी तिम्रो छोरी अपहरण गरी लिएर आएका छौं। सकुशल चाहिने भए १५ लाख छिटो बुझाऊ, नत्र तिम्रो छोरीलाई मारेर फाल्दिन्छौं ।’

उनीहरूले मोबाइल नम्बर परिवर्तन गर्दै पटकपटक बालिाकका परिवारजनलाई धम्की दिएको पाइएको डीएसपी बस्नेतले बताए। प्रहरीका अनुसार प्राविधिक विश्लेषणका आधारमा शंका लागी अभिषेकचन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा वास्तविकता पत्ता लागेको हो।

जिल्ला प्रहरी कार्यालय (धनुषा), प्रदेश प्रहरी कार्यालय (जनकपुर), संघीय प्रहरी एकाइ कार्यालय (जनकपुर) समेतको सहकार्यमा अपहणकारी पत्ता लगाइएको हो। प्रहरीले पक्रिन खोज्दा उनीहरू खेततर्फ दौडिएका थिए। लखेट्दै लखेट्दै पाँच राउन्ड हवाई फायर गरेपछि प्रहरी उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो।

उनीहरूका बयानका आधार अपहरित बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नम्बर ८, बफैबाट शुक्रबार साँझ ६ बजे सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा