नेपाल आयल निगमले पेट्रोलीयम पदार्थ आजबाटै सहज आपूर्ति हुने बताएको छ। व्यवसायीहरुले पेट्रोल आपूर्तिमा अवरोध नगर्ने बताए पनि आइतबार ट्याङकर चालकहरुले आफ्ना मागहरु अगाडि सार्दै ढुवानी अवरोध गरेका थिए।
निगमका पदाधिकारी र चालकबीच वार्ता टुंगिएपछि केहि बेरमै पेट्रोल सहज हुने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्नपूर्णलाई जानकारी दिए । उनले भने,’ पेट्रोलसहितका ३०/३५ वटा ट्याङकरहरु काठमाडौं भित्रिदैछन् । चालकहरुले व्यवसायिक मागहरु राख्नुभएको थियो । केहि सम्बोधन भएका छन् ।
काठमाडौंमा अहिले पनि सरकारी पेट्रोल पम्पले मात्रै पेट्रोल बिक्री गरेका छन् । पेट्रोल ढुवानी र आपूर्ति नहुँदा आइतबार पेट्रोल पम्पहरुमा सर्वसाधारणको लामो लाइन लागेको छ ।
चार बुँदे सहमतिपछि शनिार पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको थियो। नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रमहरु स्थगित भएको थियो।
यद्देपि ट्यांकर चालकहरुले पुन : आइतबार बिहानदेखि आन्दोलन गर्दा पेट्रोल पेट्रोल पम्पसम्म आउन सकेन। चालक,व्यवसायी र आयल निगमका पदाधिकारीको छलफलपछि समस्या सम्बोधन गर्दै सहमति भएपछि केहीबेरमा आपूर्ति सहज हुने आयल निगमले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।