नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मान–सम्मान नपुगे पार्टी ध्वस्त पार्न लागिपर्ने कम्युनिस्टहरूको संख्या ठूलो भएको बताएका छन् । उनको यो अभिव्यक्ति समाजवादी अध्यक्ष माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड लक्षित रहेको स्पष्टै बुझ्न सकिन्छ । अहिले स्थापित रहेको समाजवादी दल एमालेबाट फुटेर बनेको हो भने तत्कालीन नेकपा रहँदा प्रचण्ड अध्यक्ष थिए । तत्कालीन अवस्थामा नेकपा फुट पछि एमाले अध्यक्ष ओली प्रतिपक्षी दलको नेता बन्न पुगेका छन् ।
आइतबार काठमाडौंमा भएको नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै उनले नेपालमा तीन प्रकारका कम्युनिस्टहरू रहेको बताए । “दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिस्ट छन् । दोस्रो, प्रगतिशील धारका कम्युनिस्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन्,” उनले भने, “हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिस्ट पनि छन् ।”
उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा हिँड्ने, देशलाई माया गर्ने, राष्ट्रियता जोगाउने मानिस मात्र कम्युनिस्ट हुन सक्ने जिकिर गरे ।
अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले राष्ट्र राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने एक मात्र पार्टी भएको बताएका छन् । आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने समेत बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।