शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेसमा गठबन्धनको गर्मी: प्रकाशमानको अभिव्यक्तिप्रति चन्द्र भण्डारीले फर्काए काउण्टर जवाफ


  • शनिबार, चैत्र १९ २०७८
7K
SHARES

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको अभिव्यक्तिप्रति कांग्रेसकै अर्का नेता चन्द्र भण्डारीले आपत्ति जनाएका छन्। शुक्रबार एक सार्वजनिक कार्यक्रममा नेता सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने कुरामा विरोध गर्ने नेताहरूलाई पार्टी (कांग्रेस) छाड्न चेतावनी दिएका थिए।

यही भनाइप्रति कांग्रेसका अर्का नेता भण्डारीले विरोध जनाएका हुन्। ‘नेपालको संविधानले विचारको स्वतन्त्रता स्वीकार गरेको छ।फरक मतको उच्च सम्मान छ। त्यसैले त दार्शनिक भोल्टेजले भनेका छन्– म तिम्रो विचारदेखि असहमत छु, तर तिम्रो विचारको संरक्षणको लागि रगत बगाउँछु’, नेता भण्डारीले शुक्रबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर आज कुन विचार, संस्कार र दम्भको विकास भइरहेको छ, फरक मत राख्नेलाई पार्टी छाड्ने उर्दी!!’

वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा पनि वर्तमान सत्ता गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषयमा विवाद हुँदाहुँदै पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सक्रियतामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आवश्यकताअनुसार सत्ता गठन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा