काठमाडौं । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट बचेको छ । काठमाडौंका लागि उड्न तयार भएको जहाज रन वेमा दौडिरहेका बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएका थिए ।
जहाजमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटका अनुसार पाइलटको अत्यन्त सुझबुझका कारण जहाज ठूलो दुर्घटनाबाट बचेको छ ।
“जहाज दौडिरहेको थियो,” उनले कुरा गर्दै भने, “दुवैतर्फका टायर पन्चर भएको पाइलटलाई जानकारी भएछ । त्यसपछि उहाँले रोक्नुभयो । हामी ठूलो दुर्घटनाबाट बच्यौँ ।”
उनका अनुसार सबै यात्रुलाई बाहिर निकालिएको छ भने जहाज मर्मतपछि काठमाडौं ल्याउने तयारी गरिएको छ । “टायर परिवर्तन गरेर ल्याउने भनेर जानकारी गराइएको छ,” उनले भने । नेपाल एयरलाइन्सको आर ए ४०२ दुर्घटनाबाट बचेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।