नेकपा एमालेका नेता तथा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष हृदयघातका कारण निधन भएको छ ।
नगरपालिकाको वडा नम्बर ११ का वडाअध्यक्ष रामदेव यादवको आज निधन भएको हो ।
५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

मदेव यादव । फाइल तस्विर
उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो । त्यस बेला उपचार गराएर घर आएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो ।
हृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।
यादव २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
वडा अध्यक्षको निधन भएपछि शुक्रबार नगरपालिकाभित्र शोक विदा दिइएको नगर प्रमुख साहले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।