सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

आज यी स्थानहरुमा मेघगर्जन चट्याङ्सहित पानी पर्ने


  • शुक्रबार, चैत्र १८ २०७८
6.2K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपालको मौसमी प्रणालीमा केही दिनयता भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान प्रदेश १, माधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो प्रदेश–१, माधेस प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुँ दा केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा