सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पर्यो अर्को आपत, आफैले चालेको कदम बन्यो गलपासो !


  • बिहिबार, चैत्र १७ २०७८
12.3K
SHARES

फाइल तस्विर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ । उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ । अर्कोतर्फ, सत्ता गठबन्धनको घटक दलले पनि साथ छाडेको छ ।

खानलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको मुताहिदा कवामी मुभमेन्ट पाकिस्तान पार्टीले समर्थन फिर्ता लिएको छ । सिन्ध प्रान्तमा पकड रहेको उक्त दलले पाकिस्तान तेहरिक इ इन्साफ दल नेतृत्वको गठबन्धन छाडेको घोषणा गरेको हो ।

६९ वर्षीय खान पाकिस्तानी टोलीका पूर्व कप्तान हुन् । उनी सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए । पाकिस्तानको ७५ वर्ष लामो इतिहासमा कुनैपनि प्रधानमन्त्रीले संसदको एक कार्यकाल पूरा अवधि सत्तामा टिकेको रेकर्ड छैन ।

अविश्वासको प्रस्तावको यसै हप्ता सामना गर्ने भनिएकोमा खानसँग आवश्यक १७२ नपुग्ने देखिएको छ । गठबन्धनको मुख्य दलले साथ छाडेको र आफ्नै पार्टीभित्र पनि विद्रोह भएकाले खान सत्ताबाट हट्ने अवस्थामा पुगेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा