शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आयल निगमको उल्टो बुद्धि, नयाँ एमडीले गरे जनघाती निर्णय


  • बुधबार, चैत्र १६ २०७८
11.7K
SHARES

काठमाडौं – नेपाल आयल निगमले नेपाल सरकारलाई उल्टो सुझाव दिएको छ । पेट्रोलियम पदार्थको मागलाई घटाउन निगमले यस्तो सल्लाह दिएको हो ।

उसले सरकारलाई आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए ।

‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो’ उपाध्यायले भने ।

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ । पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको हो ।

यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउन पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ ।

उसले गरेका अरु मागहरु जायज भएपछि सार्वजनिक दुई सार्वजनिक विदा र जोर विजोर लागु गर्नु भनेको सरकारलाई नै हानी हो । यो सुझावले सरकारी कर्मचारीलाई सजिलो हुने भएपनि आम सर्वसाधारणलाई असहज हुने जानकारहरुको भनाई छ ।

योग्यता र कार्यक्षमता माथि निगमका नवनियुक्त प्रबन्धनिर्देशक उमेश प्रसाद थानीमाथि प्रश्न उठिरहेका बेलामा उनले नै यस्तो सुझाव दिनु अयोग्यताको प्रमाण भएको उपभोक्ता कर्महरुको भनाई छ । उनहरुले आयाल निगमका नियुक्त एक भारतीय कर्मचारीको दवावमा यस्तो सुझाव दिएको आरोप लगाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा