शनिबार, साउन ३० २०८३
ताजा अपडेट

निब्सको पुरस्कार वितरण, एसईई विदाई, जेष्ठ नागरिक सम्मान एवं विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न (भिडियो)


  • बुधबार, भाद्र ११ २०७६
35.4K
SHARES


काठमाडौ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९, मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कूल (निब्स) ले ‘वार्षिक पुरस्कार वितरण, एसईई विदाई, जेष्ठ नागरिक सम्मान एवं कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम’ सम्पन्न गरेको छ ।


भदौ ७ गते शनिबार स्कूलको प्रांगणमा विशेष समारोहका विच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका शिक्षा साखा प्रमुख, नेसनल प्याब्सन काठमाडौँका उपाध्यक्ष पुस्कर राज नेपाल, विभिन्न स्कूलका प्रिन्सिपल, स्थानिय जनप्रतिनिधि, जेष्ठ नागरिक, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वार्षिक गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


एसईईमा उतिर्ण विद्यार्थीहरुलाई सामुहिक फोटो फ्रेम, खादा, अविरद्धारा सम्मान एवं विदाई गरिएको थियो ।


२ जना जेष्ठ नागरिकलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।


यस्तै उक्त अवसरमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।


कार्यक्रममा निब्समा अध्ययनरत विद्यार्थीहरुले विभिन्न नृत्य, गायन, स्काउट प्रदर्शन गरेका थिए ।


कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेशनल आइडियल बोर्डिङ्ग हाई स्कूल (निब्स) का संस्थापक प्रिन्सिपल डि.एन. महतोसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा