सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

कसले बनायो यस्तो मतपत्र ? चुनाव चिन्हमा ‘ब्रा’ र ‘माउसुली’


  • बुधबार, चैत्र १६ २०७८
21.6K
SHARES

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनवारे सामाजिक सञ्जालमा समेत व्यापक प्रचार हुन थालेको छ । राजनीतिक दलहरुले आफू अनुकूलका नारा,पर्चा र मतपत्र बनाएर हालेका छन् । तर, नियमनकारी निकायको भूमिका गतिलो नहुँदा सर्वसाधारणमा भ्रम फैलाउने कार्य भएको छ ।

निर्वाचन आयोगले बनाएको जस्तै हरियो रंगको मतपत्र बनाएर एमालेले सामाजिक सञ्जालमा सेयर गरेको छ । एमालेको वाटर मार्क राखिएको उक्त मतपत्रको अघिल्लो लहरमा सूर्य चिन्ह छ । स्थानीय तहका सबै पदाधिकारी जिताउन सूर्य चिन्हमा स्वस्तिक छाप लगाइएको छ । त्यसको त्यसको तल रुख चिन्ह छ । तर, संसदमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीको कलम चिन्ह राखिएको छैन ।

बरु १७ नम्बरको लहरमा महिलाले शरीरको माथिल्लो भागमा लगाउने भित्री बस्त्र ‘ब्रा’ को चित्र राखिएको छ । मत्रपत्रको टुप्पोमा एमालेको सूर्य अंकित छ ।हरियो रंगको धुवाँधार बिरोध गरे पनि अन्तत: नमूना मतपत्र भने हरियो रंगमै छापिएको छ । मतपत्रको अन्तिम लहरमा माउसुलीको चित्र उल्लेख छ ।

‘आफूलाई माथि राखेर नमूना नै निकाले पनि यति छ्याङ्ग हुने गरी नबनाएको भए हुने थियो,’ माओवादी केन्द्रका एक जना नेताले भने । उनले ‘बा’ को उच्चारणसँग मेल खाने गरी ‘ब्रा’ राखिएको हुनसक्ने अड्कल गरेका छन् ।

सामान्यतयाः निर्वाचन आयोगले छनौट नगरेका चित्र राखेर बनाइएको उक्त मतपत्रमा ढुंगा फुटाउन प्रयोग गरिने घन छ । तर आयोगमा दर्ता भएका ठूला राजनीतिक दलको निर्वाचन चिन्ह जानाजान हटाइएको देखिन्छ ।

यसबारे आयोगका अधिकारीहरुसँग सम्पर्क गर्दा उक्त मतपत्र नक्कली भएको प्रतिक्रिया दिएका छन् । ‘स्थानीय तहका सबै पदाधिकारीमा सूर्य चिन्हमा छाप लगाइएको र नेकपा एमालेको वाटरमार्क राखिएकाले यसलाई साइबर क्राइमबाट हेरिनुपर्ने,’ उनको भनाइ छ ।

-जनआस्थाबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा