नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायीबाट दुर्गा प्रसाईले फेरी नयाँ ब्यवसाय सुरु गरेका छन् । उनले तरकारी ब्यवसाय संचालन गरेका हुन् ।
किशानहरुलाई वजार उपलब्ध गराउन भन्दै उनले तरकारी बजार संचालनमा ल्याएका छन् । केही समय अघि नै संचालनमा ल्याइएको भएपनि कोभिडका कारण उनले तरकारी वजारको उद्घाटन गर्न पाएका थिएनन् ।
तर अब अवस्था सामान्य हुँदै गएपछि बुधवार उनले ब्यवसायको औपचारीक उद्घाटन गर्ने भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै उनले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । ५० रोपनी जग्गामा तरकारी बजार सञ्चालनमा ल्याउन उनले २ अर्व रुपैया वजेट लागेको पनि बताएका छन् ।
मंगलवार पत्रकार सम्मेलन गर्दै उनले सूर्यविनायक हरित तथा कृषि थोक बजार सञ्चालनमा ल्याएको जानकारी दिए । उनले आफ्नो कामलाई सकारात्मक रुपमा लिन पनि सबैलाई आग्रह गरेका छन् । उनले आफु स्वदेशमै रोजगार सिर्जना गर्न र किशानलाई राहत दिन यस्तो ब्यवसायमा लागेको दावी गरेका छन् । बिचौलियाको अन्त्य हुने पनि उनले बताएका छन् ।
आफ्नो कामलाई मिडियाले गलत ढंगले प्रचार गरेको भन्दै प्रसाईले दुख मनाउ गरेका थिए । तरकारी बजारमा हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसानले प्रत्यक्ष अप्रत्यक्ष फाइदा लिने उनको दावी छ । बुधबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।