शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गठबन्धन गर्ने नगर्नेबारे कांग्रेसको अन्तिम निर्णय सार्वजनिक


  • मंगलबार, चैत्र १५ २०७८
11K
SHARES

फाइल तस्विर

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह चुनावमा अरू दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धन गरेर जाने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको छ,’ प्रवक्ता महतले भने, ‘स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भयो। यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’

गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने पनि महतले बताए। सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने कांग्रेसले निर्णय गरेको हो।

‘विधानको प्रक्रिया र व्यवस्थाअनुसार जुन तहलाई जुन अधिकार दिइएको छ त्यहीबाट तालमेलको निर्णय हुन्छ,’ प्रवक्ता महतले भने। कांग्रेस विधानअनुसार प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय बोर्ड गठनको व्यवस्था छ। यही समितिले नै कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्नेछ। केन्द्रले संसदीय बोर्ड भने गठन गरेको छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा