काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको छ ।
असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
त्यो कार्यक्रम रोक्न अध्यक्ष मिश्र पक्षले कर्मचारी बाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको छ । अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको सूचनामा उल्लेख छ ।
कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । त्यस क्रममा होहल्ला र नाराबाजी भएको थियो । असहज स्थिति उत्पन्न भएपछि प्रहरी पनि परिचालन गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।