शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गगनले उठाए गम्भीर प्रश्न, गठबन्धन नगरी हुदैन भन्नेहरु दिन सक्लान् यो प्रश्नको जवाफ ?


  • सोमबार, चैत्र १४ २०७८
6.9K
SHARES

फाइल तस्विर

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू चुनावी गठबन्धन पक्षमा नरहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै थापाले कांग्रेस समर्थकलाई हँसिया हथौडा र कलममा मत हाल्न लगाउँदा भविष्यमा पार्टी अफ्ठेरोमा पर्ने चेतावनी दिए। भविष्यमा फर्केर शुभेच्छुकले रुखमा भोट हाल्छ भन्ने ग्यारेन्टी के भनेर उनले प्रश्न समेत गरेका थिए।

‘कांग्रेसप्रति मतदाताको आकर्षण छ। हाम्रो समर्थक बनेर आउनेहरुलाई अहिलेदेखि कम्युनिस्टलाई मत हाल्न लगायौं भने आउने दिनमा त्यसलाई कांग्रेसमा कसरी ल्याउनेरु’ उनले प्रश्न गरे, ‘अहिले कम्युनिस्टलाई भोट हाल्न सिकाएपछि भोलि कसरी ल्याउने?’

गठबन्धन गरेर चुनावमा जाँदा धेरै साथीले टिकट नपाएर चुनाव नै लड्न नपाउने अवस्थातर्फ पनि उनले सचेत गराए। यसले पार्टीमा वितृष्णा बढाउने र आकर्षण घटाउनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए। ‘यही रेसियोको आधारमा हामीले संसदीय चुनावमा ९० सीटभन्दा बढी पाउनेवाला छैनौं,’ उनले भने, ‘९० सीटमा हामी को लड्ने र नलड्नेरु त्यो अवस्था हामीले कसरी म्यानेज गर्छौंरु गठबन्धन गर्दा हाम्रो भित्रको अवस्थालाई पनि म्यानेज गर्नुपर्नेछ। त्यो गर्न सकिरहेका छैनौं,’ उनले भने।

थापाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रको अस्थिर ढुलमुले चरित्रमाथि पनि प्रश्न उठाउँदै गठबन्धनको भविष्य के हुने भनेर प्रश्न गरे। ‘संसदीय चुनावमा माओवादी रहन्छ भन्ने ग्यारेन्टी के छरु हिजो पनि रहेको हैन। भोलि पनि हामीले एलायन्स ग¥यौं भनेर पोस्ट इलेक्सन एलायन्स हुन्छ भन्ने ग्यारेन्टी के छ रु त्यसको ग्यारेन्टी कसले लिन्छरु’ उनले प्रश्न गरे।

हालै एमसीसीमा झण्डै झण्डै प्रचण्डले एमालेलाई गएर सत्ता सुम्पिसकेको स्मरण गराउँदै थापाले सोधे, ‘भोलि ग्यारेन्टी कसले लिन्छरु हामी नै होइन त्यतिखेर एमालेसँग झण्डै माओवादीको गठबन्धन हुँदै गर्दा एमालेसँग मिलाउन गएको हामी नै होइनरु भोलि उसले हामीलाई बोक्छ भन्ने कुनै ग्यारेन्टी छरु यसलाई कांग्रेसले नोट गर्नुपर्छ कि पर्दैनरु हामी कमजोर भएर किन जाने ?’

थापाले गठबन्धनको कुरा आउँदा सरकारको डेलिभरीमाथि प्रश्न उठेको भन्दै त्यसको अपजस कांग्रेस उम्मेदवारलाई बोकाउन नहुनेमा जोड दिए। ‘सरकारले डेलिभरी गर्न नसक्दाको अपजस हामीले बोकेर जानुपर्ने अवस्थामा हाम्रो उम्मेदवारले अपजसको भारी बोक्नुपर्नेरु त्यो कुरा नगर्नुस्,’ उनले भने। पहिला पनि अपजसको भारी बोकेर हिँड्नुपरेको भन्दै उनले अहिले पनि त्यो अपजसको भारी बोकेर हिँड्ने कुराहरु उम्मेदवारलाई नदिलाउन आग्रह गरे। ‘किनभने सरकारको डेलिभरीको प्रश्न धेरै उठेको छ, उनले भने।

थापाले कम्युनिस्ट मिल्छन् भने मिल्न दिनुपर्ने र त्यसैलाई एजेण्डा बनाएर कांग्रेस एक्लै जनताको माझमा जानुपर्ने धारणा पनि राखे। ‘यदि उनीहरु मिल्छन् भन्ने हाम्रो आशंका हो र मिल्छन् भन्ने लागेको हो भने कम्युनिस्ट मिल्छन्, लोकतन्त्र विरोधी हुन्, संविधान विरोधी हुन् भन्ने एजेण्डा लिएर हामी चुनावमा जाऔं,’ उनले नेतृत्वलाई अनुरोध गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा