बैंकिङ्ग कसुर मुद्दामा बारा जिल्लामा एकजना जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जयसवाल रहेका छन् ।
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जयसवाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए ।
जयसवालले दुई दर्जनभन्दा पनि बढी व्यक्तिसँग करोडौँ रकम लिएर फिर्ता नगरेको आरोप छ । विभिन्न मितिमा उनले ३ जनालाई दिएको चेक बाउन्स भएपछि बैकिङ्ग कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।
उनले दिएको विभिन्न बैङ्कको ८ लाख, १० लाख र २० लाख रुपैयाँको चेक बाउन्स भएको बुझिएको छ ।
पक्राउ परेका जयसवालमाथि बैंकिङ कसूरसम्बन्धि मुद्दामा अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको डिएसपी थापाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।