शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पोखरा अब संसारसँग जोडिँदै छ: मन्त्री आले


  • आइतबार, चैत्र १३ २०७८
7.3K
SHARES

फाइल तस्विर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकिय स्थल पोखरालाई संसारसंग जोड्ने उद्घोष गरेका छन् ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै सो कार्यक्रममा बोल्दै उनले अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्न बताए हुन् ।
उनले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्व माझ पु¥याउने छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्नेछ । उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”

पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरे ।

पोखराजस्तो सुन्दर पर्यटकीय स्थान पोखरेलीहरूलाई प्रकृतिको सुन्दर बरदान हो, यसलाई थप सुन्दर बनाउन यो विमानस्थलले यहाँहरूलाई सहयोग गर्नेछ । अब यहाँहरुले बढीभन्दा बढी होटल खोल्नुहोस्, बढीभन्दा बढी पर्यटक भित्र्याउनुहोस् र यहाँको पर्यटन क्षेत्रको विकासमा तपाईँहरू नै लाग्नुहोस्, सरकारको सहयोग के चाहिन्छ हामीलाई भन्नुहोस्, उनले भने ।

पर्यटकहरूलाई आवश्यक पर्ने अन्य पूर्वाधार, साहसिक पर्यटकीय पूर्वाधार तथा मनोरञ्जनका अन्य पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकलाई धेरै दिन बास बसाल्न सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले पोखराको पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार र आफू व्यक्तिगतरूपमा पनि सधैँ तत्पर रहेको बारम्बार दोहो¥याएका थिए ।

पोखारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गर्ने पोखरावासीलाई मन्त्री आलेले धन्यवाद दिए । उनले मुलुकको पर्यटन क्षेत्रको विकासमा गतिला इँटा थपिने काम हुँदै गएको बताए । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबका केही दिनमै सञ्चालनमा आउने काम महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा यी दुई विमानस्थलनले ठूलो टेवा पु¥याउने बताए ।

कोरोना महामारीका कारण विश्वकै पर्यटन बजार गएको कम्तीमा तीन वर्षदेखि ठूलो मारमा परेको छ र हामी पनि महामारीको चपेटामा परेका छौँ, तर अब महामारी सकिएसँगै हिजोको घाटा पूर्ति गर्ने गरी काम गर्नुपर्छ, मुलुकको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउनुपर्छ, त्यसका लागि म पनि लाग्छु, यहाँहरू पनि लाग्नुहोस्, उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा