काठमाडौं । आज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवाको भिआइपी जहाज Deer Jet B8415 र अमेरिकी वायुसेनाको विमान आमनेसामने भएका छन् ।
हिजो अपरान्ह काठमाडौं अवतरण गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यी चढेर दिल्ली हुँदै आएको विशेष विमान नजिकै अमेरिकी वायुसेनाको विमान रोकिएको हो ।
अमेरिकी आर्मीको उक्त विमान बंगलादेशको चटगाउँबाट काठमाडौं आएको थियो । बिहान काठमाडौंमा अवतरण गरेको उक्त विमान बिहान सवा ९ बजे यताबाट उतै बंगलादेशतर्फ उडेको छ ।
नेपाली सेनाले आयोजना गरेको मेडिकल इभ्याक्युएसन इन्फरमेसन्स एक्सचेञ्ज कार्यक्रममा सहभागी आठ जना सैनिक लिन उक्त विमान आएको हो । सबैभन्दा रमाइलो पक्ष चाहिँ आठ जना यात्रु बोक्न आएको उक्त विमानमा पाँच जना चालक दलका सदस्य थिए । यो खबर जनआस्था साप्ताहिकमा प्रकाशित छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।