शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जेलेन्स्की यो कुरा भन्न अन्ततः भए बाध्य, सिंगो युरोपमा बढ्यो त्रास !


  • आइतबार, चैत्र १३ २०७८
9.3K
SHARES

फाइल तस्विर

एजेन्सी – रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्। उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा राष्ट्रसँग युक्रेनका लागि युद्धक विमान माग गरेका हुन्। जेलेन्स्कीले भनेका छन्, ‘रुसी आक्रमणबाट सुरक्षाको मूल्य के होरु त्यसको स्पष्ट जवाफ छ।

युक्रेनका लागि युद्धक विमान, ट्यांक, एन्टी मिसाइल सुरक्षा प्रणाली हुन्, त्यसको जवाफ या मूल्य।’ ‘हामीलाई एन्टी–सिप हतियार चाहिएको छ। यी हतियार हाम्रा साझेदारसँग छन्। ती हतियार उनीहरुका गोदाममा धूलो लागेर बसेका छन्, यहाँ हामीलाई हाम्रो रक्षाका लागि चाहिएको छ’, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्।

युक्रेनमात्रै नभएर बाल्टिक क्षेत्रका देशहरु नै रुसी आक्रमणको निशानामा आएको उनले बताए। जेलेन्स्कीले भनेका छन्, ‘पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ र यो स्वीकार्य हुनु हुँदैन कसैका लागि पनि।’

पश्चिमा राष्ट्रको सैन्य गठबन्धन नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशतमात्रै भए पुग्ने जेलेन्स्कीले बताएका छन्। उनले भनेका छन्, ‘हामीले धेरै मागेका छैनौँ र माग्ने पनि छैनौँ। हामीले ३१ दिन पर्खिसकेका छौँ।’

युक्रेनले पश्चिमा राष्ट्रसँग लगातार लडाकु विमानको माग गर्दै आएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। जसका कारण एक करोडभन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा