शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ शैक्षिक मञ्चको नगरस्तरीय तीज गीत नृत्य प्रतियोगिताको तयारी पुरा


  • आइतबार, भाद्र ८ २०७६
33.7K
SHARES

८ भदौ, काठमाडौँ ।
बूढानीलकण्ठ शैक्षिक मञ्चको आयोजनामा ‘दोश्रो नगरपालिका स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०७६’ हुने भएको छ ।
आइतबार (आज) गोल्फुटारमा रहेको केएफसीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ ९ गते सोमबार प्रतियोगिता गरिने जानकारी गराईएको थियो ।


बूढानीलकण्ठ नगरपालिकाका सामुदायिक, संस्थागत र गुठीमा रहेका विद्यालयहरु विच प्रतियोगिता गरिने अध्यक्ष कृष्ण भण्डारीले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । गत वर्ष केही कमिकमजोरी भएका छन् । उक्त कुरालाई हामी सच्याउछौ र प्रतियोगिता सभ्य, भव्य रुपमा सम्पन्न हुनेमा आफु विश्वस्त रहेको भण्डारी भन्नुहुन्छ ।


प्रतियागिता बारे जानकारी गराउदै उपाध्यक्ष राधेश्याम श्रेष्ठले प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको बताउनु भएको छ । बूढानीलकण्ठमा रहेको बूढानीलकण्ठ पार्टी प्यालेसमा बिहान ९ः३० बजेदेखि प्रतियोगिता सुरु हुने समेत श्रेष्ठले जानकारी दिनु भएको थियो ।


राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) को प्रमुख आतिथ्यतामा गरिने उक्त प्रतियोगितामा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने जानकारी गराइएको थियो ।


विजयी प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । ३ टिमले सान्त्वना पाउने प्रावधान राखिएको छ । जसमा एउटा सामुदायिक विद्यालय अनिवार्य रहने बताइएको छ ।


पत्रकार सम्मेलनमा बूढानीलकण्ठ शैक्षिक मञ्चका सल्लाहकार एवं गणेश माध्यमिक विद्यालयका प्रिन्सिपल मिमकाजी श्रेष्ठ, बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी एवं पदाधिकारी, विभिन्न स्कूलका कोरियोग्राफरको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा