सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

नेपालले चीनलाई घाँस बेच्ने, दुनियाँ अचम्मित!


  • आइतबार, चैत्र १३ २०७८
11.5K
SHARES

काठमाडौं । नेपालले चीनमा घाँस निर्यात गर्ने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारीमा घाँस निर्यात गर्ने सम्झौता पनि छ। ९ वटा बुँदा मध्ये एउटा बुँदामा ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ उल्लेख छ।

यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस हेलेज हो । चितवन, नवलपरासी, दाङ र गोरखामा नेपाली व्यवसायीसँग मिलेर चिनियाँले हेलेज नामको घाँस उत्पादन गरिरहेका छन् । मकै जस्तै प्रजातीको यो घाँस चीन निर्यात गर्ने सहमति भएको हो ।

घाँस निर्यात सम्बन्धी सहमतिको खाका दुई देशका अधिकारीबिच ३ महिना अघि साटासाट भएको कृषि मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार चीन निर्यात हुने हेलेज घाँस स्वस्थ, ढुसीरहित, स्वदेशी उत्पादन र प्रशोधन गरिएको हुनु पर्ने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा