शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सलमान खानलाई हेर्न मन्त्री आलेले काटे टिकट, कति दरको लिए ?


  • शनिबार, चैत्र १२ २०७८
13.1K
SHARES

बलिउड अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदै छन्। ओडीसी इन्टरटेनमेन्टले काठमाडौंमा आयोजना गर्ने कन्सर्टका लागि सलमान नेपाल आउने भएका हुन्।

दशरथ रंगशालामा आयोजना गरिने कन्सर्टमा नेपाली कलाकार पनि सहभागी हुने आयोजकले जनाएको छ। सलमानको कन्सर्ट हेर्न ५ हजारदेखि २५ हजार रुपैयाँसम्मको शुल्क तोकिएको छ।

अनलाइनमार्फत टिकट लिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले टिकट काटेर यसको उद्घाटन गरिसकेका छन्। उनले ५ हजार रुपैयाँको टिकट लिएका हुन्। सलमान सहभागी हुने सांस्कृतिक कार्यक्रममा चार किसिमका टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ दरका टिकट लिन सकिनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा