माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ चीन गएका छन्। शुक्रबार माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) र पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका हुन्। पुनको स्वास्थ्य अवस्था सामान्य रहेपनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले उपचारका लागि गएको घर्तीले बताइन्। फलोअप उपचारका लागि पुन पत्नीसहित चीन गएका हुन्।
सोहि जहाजमा प्रमुख सचेतक गुरुङसमेत कुटनीतिक राहदानी प्रयोग गरी बेइजिङ गएका हुन्। उनको भ्रमणलाई माओवादी केन्द्रले भने गोप्य राखेको छ। चीनले वाम एकताका लागि मध्यस्थ गरिदिने भनिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु चीनमै छन्। चीनको कुन्मिङमा भएको इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन एमाले नेताहरु चीन गएका छन्।
पौडेलसहितको टोली चीनमा रहेका बेला माओवादी केन्द्रका नेताहरु पनि चीन गएका हुन्। उनीहरुले चीनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग द्वीपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने बताइएको छ।
चीनले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एक हुन आग्रह गर्दै आएको छ। नेकपाभित्र आन्तरिक कलह चर्किएको समयमा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी थिइन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादीबीचको एकता बदर गर्ने फैसलापछि दुई पार्टीलाई मिलाउन चीनको सक्रियता भइरहेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।