शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

दक्षिणढोका–साँखु सडक आज पनि अवरुद्ध, सवारी आवागमन प्रभावित


  • शुक्रबार, चैत्र ११ २०७८
9.4K
SHARES

फाइल तस्विर

काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए ।

उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभावित भएको छ ।  सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल र साना गाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । समयमा बाटो मर्मत नभएको भन्दै स्थानीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् ।

काठमाडौँको नजिक रहेको चाबहिल साखु सडक खण्ड अन्तरगत थली बजार एरिया बर्सौँ देखि बर्षा याममा हिलाम्मे र सुख्खा याममा धुलाम्मे छ । सरोकारवालाहरूले समयमै सडक नबनाइदिँदा सर्वसाधारण मारमा पर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा