१० चैत्र, काठमाडौं ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई पत्रकारबिच भएको झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्धपी उनीहरुबीच अहिले फेरी यस्तो घटना नदोहोर्याउने भन्दै लिखित सहमती भएको छ । बबरमहल स्थित कार्की ब्यांकेटमा एमाले बैठकमा रिपोर्टिगं गर्न गएका दुई पत्रकारबीच झगडा भएको हो ।
समाचार संकलनमा गएका सञ्चारकर्मीहरू अनलाइन न्यूज पोर्टल बाह्रखरीका फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापा एक आपसमा जुधेका थिए । उनीहरुको मिलापत्र भइसकेको भएपनि भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
एमालेको बैठकमा नेताहरु बैठक हलमा भित्रने क्रम चलिरहँदा उनीहरुबीच झडप भएको थियाे । अचानक हरिस क्षेत्री र श्याम थापा भिड्न थालेपछि उनीहरुलाई त्यहाँ रहेका अरु पत्रकार र सुरक्षाकर्मीले छुट्याएका थिए ।
यस अघि पनि उनीहरुबीच बेला बेलामा झडप भइरहने अरु पत्रकारहरुले जनाएका छन् । २७ पुसमा पृथ्वी जयन्तीको फोटो खिच्दा पनि उनीहरु विवाद गरेका थिए । सिंहदरबारबाहिर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा भिडिओ खिच्दा छेकिएको भन्दै दुई पत्रकार विवाद गरेका हुन् ।
दोस्रो पटक नेकपा माओवादी केन्द्रको कार्यक्रममा पनि त्यस्तै विषयमा दुई पत्रकारबीच बाझा बाझ भएको थियो । नेकपा माओवादीको महाधिवेशन अघि भएको एक कार्यक्रममा उनीहरु विवाद गरेका थिए ।
विवाद पछि फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच मिलापत्र भएको हो। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टेलिभिजनका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा क्षेत्री र थापाबीच मिलापत्र भएको हो।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।