१० चैत्र, काठमाडौँ :
कलंकीमा कारले गुडिरहेको मोटरसाइकल र स्कुटरलाई एकसाथ आज ठक्कर दिएकाे छ । ठक्करबाट चालकसहित ६ जना घाइते भएका छन्। कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको पल्सर मोटरसाइकललाई एकसाथ ठक्कर दिएको थियो।
ठक्करले दुई चालकसहित छ जना घाइते भएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ। सुर्खेत घर भई हाल बत्तीसपुतली बस्ने खगेन्द्रप्रसाद अधिकारीले कार चलाएका थिए।
घटना बिहीबार दिउँसो साढे १ बजेतिर भएको हो। घाइतेहरूलाई कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
याे पनि पढ्नुहाेस्:
धरान । सवारी दुर्घटनामा परी सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार म्यादी प्रहरीको आवेदन दिएर घर फर्किएकी धनकुटाकी श्रेयाको धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा सुमो दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।
धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा श्रेया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार बिहान २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।