शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लोडसेडिङ हुँदैन, एक दुई दिन संकट परेको हो : कुलमान


  • बिहिबार, चैत्र १० २०७८
9.3K
SHARES

कुलमान घिसिङ / तस्विरः फाइल

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका छन् ।

सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको उनले बताए ।

तर यो केही दिनको मात्र समस्या भन्दै कुलमानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो एक दुई दिनको क्राइसिस हो, १५-२० वर्षपछि आएको क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन’ उनले भने ।

भारतमा विजुलीको माग उच्च भएपछि विद्युत प्राधिकरणले केही दिनयता विजुली किनेको थिएन । जसले गर्दा कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो र लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्येगीहरुले चिन्ता व्यक्त गरेका थिए । तर घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताए ।

विद्युत प्राधिकरणले स्वदेशी विजुलीको माग धान्न भारतबाट प्रतियुनिट ३६ रुपैयाँसम्ममा विजुली खरिद गरेको छ ।

भारतबाट यो दरमा विजुली किन्दा प्राधिकरणलाई एक दिनमा २० देखि २२ करोड रुपैयाँसम्म बढी रकम तिर्नुपर्ने घिसिङले बताए । एक महिनासम्म यही दरमा विजुली किनेमा ८ अर्ब रुपैयाँ घाटा पर्ने उनको भनाइ छ ।

तर लामो समय महंगो दरमा विजुली किन्न आफूहरुले नसक्ने घिसिङले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा