शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कलाकार सन्दीप क्षेत्री पनि एमाले प्रवेश गर्न लागेका हुन्?


  • बुधबार, चैत्र ९ २०७८
11.1K
SHARES

कलाकार सन्दीप क्षेत्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। यस्तै भेटघाट गर्दागर्दै अभिनेत्री करिश्मा मानन्धर हिजो मंगलबार मात्र एमाले प्रवेश गरेकी छन्।

सोही क्रममा कलाकार क्षेत्रीले पनि एमाले अध्यक्ष ओलीलाई भेटेपछि कतै उनी पनि पार्टी प्रवेश गर्न लागेका त होइनन् भन्ने अनुमान गरिएको छ। तर कलाकार सन्दीपले याे कुरा अस्वीकार गरेका छन्। चुनाव नजिकिएको र अन्य कलाकार पनि धमाधम पार्टी प्रवेश गरिरहेको बेला एमाले अध्यक्ष ओलीलाई भेट्नु आफ्नो संयोग मात्र भएको सन्दीपले बताए । ‘पार्टी प्रवेशबारे कुरा भएको होइन । कुनै पार्टीमा आबद्ध नभएका हामीजस्ता युवाको मुद्दाबारे ध्यानाकर्षण गराउन मात्र भेटेको हुँ,’ उनले भने ।

ओलीसँगको भेटमा क्याजुअल कुराकानी भएको उनले बताए । ‘नेपालमै केही गरौं भनेर लागिपरेका हामीजस्ता युवाको मागलाई पनि दलहरुले सुनुवाइ गर्नुपर्छ भनेर शीर्ष नेताहरुलाई भेट्ने अभियान थालेको हुँ,’ टीभी प्रस्तोता समेत रहेका क्षेत्रीले भने ।

गत महिना उनले खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । चाँडै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेर कुरा राख्ने तयारी भइरहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा