चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । याे खबर हाे भारतकाे । यसकाे असर नेपालमा पनि पर्ने अनुमान छ ।
भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ ।
हरेक १५-१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५-५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।
यसै महिना अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्य अत्यधिक बढेर १३ वर्षयताकै महँगो रेकर्ड कायम गरेको थियो । यद्यपि अहिले १४० डलर प्रतिब्यारेल मूल्यमा केही कमी आएर ११८.५९ डलर प्रतिब्यारेल कायम छ ।
नेपालमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य सूची अनुसार महिनामा दुई पटक स्वचालित प्रणाली अनुसार मूल्य घटबढ हुँदै आएको छ । रुस-युक्रेन युद्धपछि लगातार मूल्यवृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।