शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चुनावको मुखैमा यस्तो खबर बाहिरिए पछि देशभरका एमाले कार्यकर्तामा खुशियाली


  • बुधबार, चैत्र ९ २०७८
8.7K
SHARES

फाईल तस्बिर

स्थानिय तहको निर्वाचन मिती नजिक आइरहेका बेला देशभरका एमाले कार्यकर्तामा खुशियाली छाउँने खबर बाहिरिएको छ ।

एक्लै भए पनि गठबन्धनसंग भिँड्छौँ भनेर कस्सिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी निर्वाचनमा मधेश प्रदेश बाहेकका प्रदेशमा पहिलो दल बन्ने हिसाब बाहिरिएको छ । काठमाडाैँमा जारी केन्द्रिय कमिटी बैठकबाट यस्तो खबर बाहिरिएको हो ।

जारी केन्द्रिय कमिटी बैठकमा एमालेका प्रदेश कमिटीका अध्यक्षहरुले गठबन्धन गरेरै अन्य दलहरु चुनावी मैदानमा आए पछि एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने हिसाब सुनाएका छन् । प्रदेश अध्यक्षहरुको रिपोर्टिङ देशभरमा एमाले कार्यकर्तामा खुशियाली संचार गराएको छ ।

केन्द्रीय कमिटीको बुधवार सुरु भएको बैठकमा सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङले एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा देखिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

मधेस प्रदेशमा भने राजनीतिक सङ्क्रमणकै स्थिति रहेकाले शक्ति सन्तुलनको टुंगो नलागेको भन्दै उनले ठोस रिपोर्ट आउन बाँकी रहेको बताए । बैठकले ११ वटा कार्यसूची पारित गरेको गुरुङले बताए ।

प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले रिपोर्टिङ गरेका थिए ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी प्रति तीव्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरू चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा