शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दाजुहरू बाटै बहिनीहरु असुरक्षित हुन थाले, बझाङमा बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ !


  • बुधबार, चैत्र ९ २०७८
9.9K
SHARES

फाईल तस्बिर

समाजमा अहिले हत्या हिंसा बलात्कार जस्ता घटना दिनानुदिन बढ्दै गएको छ । सुन्नै नसकिने आपराधिक घटनाहरू मौलाएका छन् । बझाङमा त्यस्तै घटना घटेको छ । बझाङमा बहिनीको बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

हाडनाताभित्रको बहिनी पर्ने १२ वर्षीया बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार उनले ५०० रुपैयाँ दिने र मोबाइलमा फिल्म देखाउने भन्दै गोठमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

‘‘नाबालिग बहिनीकी आमाले सोमबार उजुरी दिएकी थिइन् । आरोपी दाजुलाई पक्राउ गरिसकेका छौँ । आरोपीमाथि जबरजस्ती करणीको मुद्दा चलाइएको छ,” उनले भने ।

प्रहरीका अनुसार बहिनीलाई जबरजस्ती करणी गरेर दाजु फरार भएका थिए । प्रहरीले खोज्दै जाँदा गाउँमै लुकीछिपी बस्दै आएको अवस्थामा फेलापारेको थियो ।

आरोपितविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भई जिल्ला अदालत बझाङले अनुसन्धानका लागि आठ दिनको म्याद थप गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा