शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मौसम: आज यी स्थानहरुमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना


  • बुधबार, चैत्र ९ २०७८
7.2K
SHARES

फाइल तस्विर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकि भू-भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार राती भने देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ।

प्रदेश-१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा