सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

दार्चुलामा भारतले चाल्यो अर्को कदम


  • मंगलबार, चैत्र ८ २०७८
6.7K
SHARES

काठमाडौँ – नेपाल – भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।

भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोलामहाकाली नदी किनार–नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् । भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै (नेपालतर्फ) सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाउन थालेको हो।

भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ १ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ । सदरमुकाम खलंगाका स्थानीय भोजराज जोशीले भने, ‘हामीले पटकपटक विरोध गरेका छौं, तर पनि नत भारतीय पक्ष पछि हट्छ, नत नेपालतर्फको स्थानीय प्रशासनले नै सुन्छ।’

भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुगने आँकलन गरिएको उनले बताए। उनले भने, ‘महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भू–भागमा क्षति पुग्ने निश्चित छ।’
आजको नागरिक दैनिकमा समाचार छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा