शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कसले जित्छ च्याम्पियन्स लिगको उपाधि ? यस्तो खबर बाहिरियो !


  • मंगलबार, चैत्र ८ २०७८
10.9K
SHARES

फाइल तस्विर

काठमाडौं । युइएफए च्याम्पिइनस लिग फुटबलमा अन्तिम १६ का खेलहरु केही समयअघि नै सकिएको छ। च्याम्पियन्स लिगको अन्तिम ८ को ड्र पनि सार्वजनिक भएकाे छ।

उपाधि दाबेबार मानिएका क्लबहरु अन्तिम १६ बाट बाहिरिएका छन्। अन्तिम ८ को खेलमा चेल्सी र रियल मड्रिड, एथ्लेटिको मड्रिड र म्यानचेस्टर सिटी, बायर्न म्युनिख र भिल्लारियल, लिभरपुल र बेन्फिकाबीच प्रतिस्पर्धा हुनेछ।

च्याम्पियन्स लिगको उपाधिबारे पनि धेरै आँकलनहरु भइरहेका छन्। फाइभथर्टीएइटको एक सर्वेक्षणले कुन टोलीले उपाधि जित्ने सम्भावना कति रहेको छ भनी एक तथ्याङ्क सार्वजनिक गरेको छ। सो सर्वेक्षणअनुसार म्यान्चेस्टर सिटीले उपाधि जित्ने सम्भावना प्रबल देखाएकाे छ ।

सिटीले उपाधि जित्ने सम्भावना २९ प्रतिशत रहेको छ भने बायर्न र लिभरपुलले उपाधि जित्ने सम्भावना २६–२६ प्रतिशत छ। चेल्सीले उपाधि जित्ने सम्भावना १० प्रतिशत रहेको छ भने रियलले उपाधि जित्ने सम्भावना ५ प्रतिशत छ। अन्य टोलीले उपाधि जित्ने सम्भावना ज्यादै न्यून रहेको तथ्याङ्कले देखाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा