शनिबार, साउन ९ २०८३
ताजा अपडेट

त्रिमुर्तीमा ‘श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम’ (भिडियो)


  • शुक्रबार, भाद्र ६ २०७६
40.6K
SHARES

६ भदौ, काठमाडौँ ।

बासबारी, पिपलबोटमा रहेको त्रिमुर्ती सह–शिक्षा विद्यालयले श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम शुक्रबार (आज) सम्पन्न गरेको छ ।
स्कूलको प्रांगणमा विद्यार्थी, अभिभावकहरुको उपस्थितिमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरिएको हो ।


कार्यक्रममा भगवान श्रीकृष्णको भेषमा त्रिमुर्तीमा अध्ययनरत स–साना नानी/बाबुहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।


मध्यान्ह १२ बजेदेखि दिउसो ३ बजेसम्म गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले अन्य सांस्कृतिक प्रस्तुतीहरु प्नि प्रदर्शन गरेका थिए ।
उक्त अवसरमा अभिभाकहरुलाई केन्द्रविन्दुमा राख्दै मड्का फोड प्रतियोगिता समेत गरिएको थियो ।


कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य शक्ति राज नेपाल, विभिन्न स्कूलका प्रिन्सिपल, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले त्रिमुर्ती सह–शिक्षा विद्यालयका प्रिन्सिपल भोज कुमार धमलासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरहरुः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा