एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राखेका छन् ।
सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।
एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् ।
कम्युनिष्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भूसालले तर्क गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।