शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पल शाह प्रकरणको अनुसन्धान सकियो, मुद्दा दर्ता गर्ने तयारी


  • सोमबार, चैत्र ७ २०७८
11.3K
SHARES

फाइल तस्विर

नाबालिग बलात्कार उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ। तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको छ । समयले भ्याय सम्म आजै मुद्दा दर्ता हुने स्रोत बताउँछ ।

एक नाबालिग गायिकाले एक वर्षदेखि नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए।

पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।

नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।

नवलपुरमा दर्ता भएको अभियोगपत्रमा शाहलाई अधिकतम सजाय माग गरिएको छ।

फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेकाका शाहलाई त्यही दिन ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा