शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चुनाव सर्दैन, तोकिएको समयमा चुनाव हुन्छ : प्रधानमन्त्री


  • सोमबार, चैत्र ७ २०७८
10.9K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा तोकिएको समयमा चुनाव हुने बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । सरकारको पूरा सहयोग छ । निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएको समयमा चुनाव हुन्छ ।”

एक फरक प्रसंग्मा बोल्दै प्रधानमन्त्री देउवाले देउवाले लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गरिने समेत बताएका छन् । सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।

हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा