शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बलात्कारको आरोप लगेका शिक्षक र आक्रोशित स्थानीयको सुरक्षामा खटिदा एक प्रहरीको गयो ज्यान !


  • सोमबार, चैत्र ७ २०७८
14.2K
SHARES

मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा आइतबार झडप भयो ।

सो झडपलाई मध्यनजर गर्दै सुरक्षा दिन नेपाल प्रहरी घटनास्थल पुगे । स्थानीय र दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई सुरक्षा दिने क्रममा आक्रोशित स्थानीयको आक्रमणबाट एक प्रहरीले ज्यान गुमाउनु परेको छ ।

सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो ।

उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जल्लाको लेटाङस्थित शिक्षा बिकास माविमा कक्षा ७ मा अध्यायनरत एक १३ वर्षिया विद्यार्थीलाई एक शिक्षकले बलात्कार प्रयास गरेको आरोप लागेपछि आक्रोशित स्थानीयले प्रहरी महिलालाई आक्रमण गरि गम्भिर घाइते बनाएका थिए ।

बलातकार प्रयास गरेका शिक्षकबिरुद्ध आक्रोशित बनेका स्थानीयले विद्यालय घेराउ गरेका थिए । जसक्रममा प्रहरीमाथि पनि स्थानीयले आक्रमण गर्न पुगेका थिए । आक्रमणमा परेर थप १७ प्रहरी घाइते भएका छन् ।

बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक प्रहरी नियन्त्रणमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा