शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्याब्सन काठमाडौँको ‘आठौँ अन्तरविद्यालय तिज गीत नृत्य प्रतियोगिता’ भदौ १० मा हुने


  • बिहिबार, भाद्र ५ २०७६
36.5K
SHARES

५ भदौ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा ‘आठौँ अन्तरविद्यालय तिज विशेष नृत्य प्रतियोगिता’ भदौ १० गते मंगलबार हुने भएको छ ।


बिहिबार धुम्बाराहीमा रहेको स्मार्ट क्याफेमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय नाचघर, जमलमा भाद्र १० गते उक्त प्रतियोगिता हुने जानकारी गराईएको थियो ।


नेपाली कला सँस्कृतिको जगेर्ना र विद्यालय तवरबाट नै यसको जानकारी दिने उद्देश्य स्वरुप प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक तथा प्याब्सन काठमाडौँकी उपाध्यक्ष रीता राई दाहालले पत्रकार सम्मेलनमा बोल्दै जानकारी गराउनु भयो । केहि दिन अगाडि मात्र प्याब्सन काठमाडौँको आयोजनामा अन्तरविद्यालय ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ । मिस लिटल आइडल–२०१९ भदौ १२ गते पज्ञा प्रतिष्ठानमा हुँदैछ । यस्तै विविध अतिरिक्त क्रियाकलाप अन्तर्गत वार्षिक रुपमा नियमित गरिने कार्यक्रमका रुपमा अन्तरविद्यालय तिज विशेष नृत्य प्रतियोगिता हुन लागेको दाहालले बताउनु भयो ।


आयोजकको रुपमा प्याब्सन काठमाडौँ भए पनि समग्र स्कूलहरुको कार्यक्रमको रुपमा बुझिदिनका लागि प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले आग्रह गर्नु भयो । कार्यक्रम गत वर्षझै सभ्य, भब्य हुने विश्वास व्यक्त गर्नुभयो ।


पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष प्रेम कुमार राई, उपाध्यक्ष रीता राई दाहाल, सह–सचिव अशोक कुमार दाहाल, सह–सचिव प्रेमा राई, सह–कोषाध्यक्ष आर.बी. अधिकारी, सदस्य इशु गुरुङ, प्याब्सन काठमाडौँका विभिन्न पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, विभिन्न स्कूलका कोरियोग्राफर लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


पत्रकार सम्मेलनको अवसरमा संस्थापक महिला प्रिन्सिपलहरु विच तीज गीत नृत्य प्रतियोगिता पनि गरिएको थियो । विजयी प्रिन्सिपललाई मंगलबार नै पुरस्कृत गरिने जनाइएको छ ।


पत्रकार सम्मेलनमै सहभागि विद्यालयहरुको जानकारी गराइएको थियो ।


बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख तथा प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीको विशिष्ट आतिथ्यतामा ‘आठौँ अन्तरविद्यालय तिज विशेष नृत्य प्रतियोगिता’ को उद्घाटन गरिने प्याब्सन काठमाडौँका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


मंगलबार बिहान ९ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा ६५ विद्यालयको सहभागिता रहेको छ ।


विजयी प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमस १५ हजार, १० हजार, ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा