सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

स्थानीय तहको उम्मेदवार चैत मशान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत


  • आइतबार, चैत्र ६ २०७८
14K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय  तह निर्वाचनका लागि चैत मशान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताएका छन् ।

सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन् ।

‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गर्छौं’ उनले भने ।

पार्टीका तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमा केन्द्रले उम्मेदवार चयन गर्ने पनि प्रवक्ता महतले बताए । ‘जुन तहको उम्मेद्वारी हो, त्यहीं टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’ उनले भने ।

नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी नागरिकसँग जोडिन पनि डा. महतले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले स्थानीय चुनावमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन बन्ने पनि बताए । यद्यपि यसबारे निर्णय पार्टीको ११ चैतमा बस्ने बैठकले निर्णय गर्ने पनि उनले बताए ।

‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला’ प्रवक्ता डा. महतले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा