शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

खेलकुद र शैक्षिक विकासका लागि ब्रेनल्याण्डका दाहाल सहित चार जना रोमानियामा


  • बुधबार, भाद्र ४ २०७६
26.5K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९, न्युकोलोनीमा रहेका ब्रेनल्याण्ड एकेडेमीका संयोजक प्रशान्त दाहाल सहित ४ जना खेलकुद र शैक्षिक विकासका लागि रोमानिया पुगेका छन् ।


फेडेरेटिया रोमना र ब्रेनल्याण्डको सहकार्यमा खेलकुद–शैक्षिक विकासको आदान–प्रदान गर्न अगष्ट १७ मा दाहाल सहित ४ जना रोमानिया पुगेका हुन् ।
‘लेस्टस प्ले ओईना टुगेदर’ अन्तर्गत विभिन्न देशको प्रतिनिधित्व गर्दै आएका खेलाडीविच विभिन्न खेलकुदका गतिविधिहरु रहनेछ ।
यस्तै शैक्षिक विकासमा केन्द्रित रहेर विभिन्न देशबाट आएका प्रतिविधिहरुविच अन्तर–सम्वाद कार्यक्रम पनि रहेको बताइएको छ ।
अगष्ट ३० मा स्वदेश फर्कने तालिका रहेको ब्रेनल्याण्ड एकेडेमीका संयोजक दाहालले जानकारी गराए ।


दाहाल भन्छन्, दुई देशविचको खेलकुद तथा शैक्षिक विकासको आदान–प्रदानका निम्ति १३ दिनको बसाई महत्वपुर्ण हुने विश्वास रहेको छ । अवसरका लागि फेडेरेटिया रोमनालाई धन्यवाद व्यक्त गर्दछु ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा