शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अन्ततः पक्राउ परिन् शर्मिला वाइबा


  • शुक्रबार, चैत्र ४ २०७८
15.7K
SHARES

अभिनेता पल शाह प्रकरणमा नायिका रेखा थापाबारे आपत्तिजनक अभिव्यक्ति दिएकी शर्मिला वाइबा पक्राउ परेकी छन्। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेको हो।

अभिनेत्री रेखा थापाको जाहेरीका आधारमा विवादित पृष्ठभूमिकी वाइबालाई आवश्यक कारबाहीका लागि प्रहरीले पक्राउ गरेको हो। रेखाकै उजुरीका आधारमा यसअघि प्रहरीले एकजना युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरिसकेको छ।

सेलेब नेपाल नामको युट्युब च्यानलका सञ्चालक राहुल थापा मगरलाई प्रहरीले फागुन २३ मा पक्राउ गरेको थियो। युट्युबमार्फत आफूलाई गाली गलौज गरेको भन्दै राप्रपा नेतृसमेत रहेकी थापाले गत फागुन २० गते साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।

एवान मिडिया नामक युट्युव मार्फत शर्मिला वाइबाले नायिका थापालाई गाली गलौज गरेको भन्दै उनका आफन्तले साइबर ब्यूरोमा जाहेरी दिए थिए।
त्यस्तै पीडित नाबालिगबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि विवादित पृष्ठभूमिका हरि परियार उर्फ हरि उदाशी पक्राउ परिसकेका छन्।

विभिन्न युट्युब च्यानलमा पीडित भनिएकी नाबालिग गायिकाबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनले यौन हिंसा आरोपमा हाल तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा युट्युब च्यानलमा आपत्तिजनक अभिव्यक्ति दिँदै पीडित भनिएको गायिकामाथि जथाभावी आरोप लगाएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा