सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

रामकुमारी झाँक्रीमाथि किन कठोर भए देउवा, आजै चाले यस्तो कदम


  • शुक्रबार, चैत्र ४ २०७८
10.3K
SHARES

फाईल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यक्ष रुपमा शहरी विकास मन्त्री रामकुमारी झाँकीमाथि हमला गरेका छन् । मैहु भन्ने झाँक्रीलाई साइजमा राख्न पुराना सचिवलाई पठाएर देउवाले झाँक्रीमाथि हमला गरेका हुन् ।

झाँक्री सरुवा गरेका मन्त्रालयका पूर्वसचिव रमेशप्रसाद सिंह फेरि त्यही मन्त्रालयमा फर्किएपछि झाँक्रीलाई झट्का लागेको छ । सिंह शुक्रवार मन्त्रालयमा हाजिर भएर कामकाजसमेत शुरू गरेका छन् । उनले तीन पटक उक्त मन्त्रालयको सचिवको रुपमा नेतृत्व गरिसकेका छन् ।

शहरी विकास मन्त्रालयमा हुँदा उनलाई अतिरिक्त सचिवमा सरुवा गरिएको थियो । त्यसपछि फेरि उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका थिए । सरुवा भएको तीन महिना १८ दिनपछि उनी फेरि सरुवा गराएर मन्त्रालयमा फर्किएका हुन् ।

उक्त मन्त्रालयका सचिव झाँक्रीका प्यारा मान्छे मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । गत मंगलवारको मन्त्रिपरिषद् बैठकबाट दुवै जना सचिवको सरुवा गरिएको थियो ।

झण्डै तीन महिना पलिले शहरी विकास मन्त्रालयमा कसलाई ल्याउने भन्ने विषयमा मन्त्रीपरिषदमा लामो छलफल भएको थियो । शहरी विकास मन्त्रालयबाट रमेश सिंहलाई सरुवा गर्नु पर्ने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको महत्वपूर्ण एजेण्डा थियो । तर नेपाली कांग्रेसको सिफारिसबाट मन्त्री भएकाहरु सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजाल, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू तथा जनता समाजवादी पार्टीबाट मन्त्री भएका संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले सिंहको सरुवा गर्न चाहेका थिएनन् ।

सिंह प्राविधिक समूहका हुन् । उनको लागि शहरी विकास मन्त्रालय उपयुक्त भएको ती मन्त्रीहरुको सल्लाह थियो । तर शहरी विकासमन्त्री झाँक्रीले उर्जा आयोगका सचिव मनिराम गेलाललाई पहिले नै आश्वासन दिइसकेकी थिइन् ।

त्यसैले उनी आफ्नो अडानबाट टसमस भइनन् । सिंह डेमोक्र्याट भनेर चिनिन्छन् । अन्ततः झाँक्रीको चाहनामा गेलाललाई शहरीमा ल्याइयो । पछिल्लो समय झाँक्री र सचिव सिंहवीच सम्बन्ध बिग्रेको थियो ।

सचिवसँग सरसल्लाह नगरी मन्त्री झाँक्रीले एकै पटक शहरी विकास मन्त्रालय मातहतका १८ जना उच्च कर्मचारीको सरुवा गरेपछि मन्त्री र सचिवबीच सम्बन्ध बिग्रेको हो । त्यसपछि झाँक्री जसरी भए पनि सिहंलाई शहरी विकासबाट सरुवा गर्नतिर लागिन् ।

स्रोतका अनुसार शहरी विकासमा गोपाल सिग्देल जान चाहेका थिए । झाँक्रीका श्रीमान पशुपति पुरीले उनीसँग पनि सम्पर्क गरेका थिए । बर्दिया घर भएका सिग्देल डेमोक्रयाट भनेर चिनिन्छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी अन्यायमा परेका थिए । ‘तर मन्त्रीको चाहना सिग्देलतिर नभइ गेलालतिर देखियो’ स्रोतले भन्यो । झाँक्रीले गेलालमा आँखा लगाएपछि श्रीमान पुरी उनीसँग रिसाएका थिए । फेरी सिंह उही मन्त्रालयमा फर्किएका छन् । अब के हुने हो हेर्न बाँकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा