सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

अच्चकालि महंगीयो ब्रोइलर कुखुराको मासुको मूल्य , कति पुग्यो किलोको ?


  • शुक्रबार, चैत्र ४ २०७८
16.1K
SHARES

हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । कुखुरापालकबाट प्रतिकिलो ३०० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४२० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् । यसो हुनुमा रूस–युक्रेन युद्धदेखि मौसमसम्मले काम गरेको छ ।

गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको छ । यो वृद्धि साविक मूल्यमा १६.६७ प्रतिशतसम्म बढी हो । हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत हुने गरेको छ । काठमाडौं उपत्यकामै दैनिक ५० टन माग रहेको छ । तर, उपभोक्ताहरू बढ्दो महँगीको मारमा परेका छन् ।

दानामा रूस–युक्रेन युद्धको प्रभाव

रूस–युक्रेन युद्धबीच कच्चा पदार्थ आपूर्तिमा दबाब पर्दा दानाको मूल्य नै बढेको दाना उत्पादक व्यवसायीहरूले दाबी गरेका छन् । दानाका लागि अत्यावश्यक पिना, ढुटो, मकै र भटमासको आपूर्ति युद्ध र रुसमाथिको प्रतिबन्धका कारण कम भइ अत्यधिक मात्रामा मूल्यवृद्धि भएको छ ।

त्यसको प्रभाव उत्पादनमा पर्न गई मूल्य वृद्धि भएको नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पूरीले बताए । ‘रूस–युक्रेन युद्धकै कारण मकै, भटमास, तेल लगायतका कच्चा पदार्थको आपुर्ति रोकिएको छ । सीमित आपूर्तिमा पनि अत्यधिक ३० प्रतिशतसम्मले मूल्य बढेर आएको छ । यसले गर्दा दाना उत्पादनमा नै समस्या परिरहेको छ’ अध्यक्ष पुरीले भने ।

उनका अनुसार अहिले २५ देखि ३० प्रतिशत मकै, गहुँ र भटमास लगायत आपूर्ति गर्ने युक्रेन युद्धमा छ । त्यहाँबाट निर्यात हुने वस्तुहरू रोकिएका छन् । जसको प्रभाव दानामा समेत परेको छ । ‘उत्पादन लागतको हिसाबमा अहिले दानामा प्रतिकिलोमा नै १० रुपैयाँ घाटा छ । घाटा पूर्ति गर्न दानामा न्यूनतम १० रुपैयाँ मूल्यवृद्धि गर्नुपर्ने हो, तर प्रतिकिलो ४ रुपैयाँ मात्र वृद्धि गरिएको छ । यसको प्रभाव आंशिक रूपमा बजारमा परेको छ,’ पुरीले भने ।

पुरीका अनुसार हाल नेपालले युक्रेनबाट वार्षिक १८ देखि २० अर्ब रुपैयाँ बराबरको भटमासको पीना आयात गर्दै आएको छ । यस्तै, मकै पनि सोही परिमाणमा आयात गर्दै आएको अध्यक्ष पुरीको भनाइ छ । तर, यसपटकको बढ्दो रूस–युक्रेन तनाकाबीच बढ्दो डलरको मूल्यवृद्धि प्रभाव पनि कुखुराको मासुमै परेको छ । पीना आयात गर्दा ४० देखि ४५ अर्ब रुपैयाँ हाराहारी रकम बाहिरिनसक्ने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा