काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू र उपमेयर हरिप्रभा खड्गीबीच विवाद नरहेको बताएका छन् ।
शुक्रबार मेयर शाक्यले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि आफूहरूबीच भित्री रूपमा विवाद नरहेको दाबी गरेका हुन् । आफूहरूले सामूहिक रूपमा काम गरिरहेको उनको भनाइ छ ।
केहीदिन अघि उपमेयर खड्गीले महानगरले वसन्तपुर डबलीमा बनाएको कङ्क्रिट संरचना भत्काएकी थिइन् । त्यसपछि मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद रहेको भनेर चर्चा गरिएको थियो ।
तर, मेयर शाक्यले भने आफूहरूबीच कुनै विवाद नरहेको बताएका हुन् ।
याे पनि पढ्नुहाेस्:
स्थानीय तहको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।