शनिबार, साउन ३० २०८३
ताजा अपडेट

घुस लिएर लाइसेन्स : यातायात कार्यालय पोखराका निमित्त प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • शुक्रबार, चैत्र ४ २०७८
10.1K
SHARES

फाईल तस्बिर

यातायाता व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यातायात प्रमुख पौडेलसहित शाखा अधिकृतहरु हरिप्रसाद गौतम,भरतराज काफ्ले,  प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, भरतमणि बराल,कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर  (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदीविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२०७६ साल कार्तिक र मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको अनुसन्धानबाट खुल्न आएपछि उनीहरुविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गराएको अख्तियारले जनाएको छ।

विभिन्न मितिमा संचालन भएका विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण  गराएको र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गरेको पाइएपछि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुलाई पास गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई फेल गराइ  जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारले जनाएको  छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा